३ दिनमा काठमाडौं भित्रिए ८७ हजार सिलिन्डर ग्यास, बिक्री वितरण् हुँदै [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर सडक खण्डमा गएको पहिरोपछि वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकाका लागि ग्यासको आपुर्ती व्यवस्थालाई सहज बनाइएको छ ।

केही महिनादेखि ग्यासमा देखिएको अभावलाई मध्यनजर गरी सो सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आउनु अघिका लागि वैकल्पिक माध्यमबाट व्यवस्था मिलाइएको हो ।

काठमाडौं, धादिङ तथा काभ्रेपलान्चोकमा भएका ग्यास सिलिन्डर अर्को व्यवस्था नभएसम्मका लागि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लामा अवस्थित उद्योगहरुमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको हो ।
भदौ १८, १९ र २० गते गरी कुल ८७ हजार भन्दा बढी त्यसरी ल्याइएका ग्यास सिलिन्डरहरु काठमाडौं भित्रिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार भदौ १८ गते २४ हजार ४ सय ९४, भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर र भदौ २० गते २९ हजार २ सय ४९ सिलिन्डर काठमाडौं ल्याइ बिक्री वितरण थालिएको हो ।

मध्यपूर्व युद्धपछि सप्लाइ चेन बिग्रिँदा नेपालमा अझैसम्म ग्यासको सहज आपूर्ती हुन सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?