बाढीपछि नुवाकोटमा निरन्तर रेडक्रसको सक्रियता, विभिन्न स्थानमा खानेपानी सेवा सञ्चालन

लोकपथ
0
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विदुर नगरपालिकामा खानेपानी सेवा सञ्चालनमा ल्याएको छ।

विदुर खानेपानी उपभोक्ता समितिसँगको समन्वयमा विदुर नगरपालिकाका अति आवश्यक पाँच स्थानमा ५ हजार लिटर क्षमताका खानेपानी ट्याङ्की स्थापना गरी खानेपानी वितरण सुरु गरिएको हो ।

शनिबारदेखि बट्टार हावाघर, अर्किट मार्ग र बसपार्क जाने बाटोलगायतका स्थानमा खानेपानी सेवा सञ्चालनमा आएको छ। यस सेवाबाट तत्काल करिब ४०० घरधुरीका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

बाढीका कारण खानेपानी आपूर्ति प्रभावित भएका नागरिकलाई तत्काल स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल रेडक्रसले स्थानीय तह तथा सम्बन्धित खानेपानी उपभोक्ता समितिसँगको समन्वयमा मानवीय सहायता निरन्तर अघि बढाइरहेको छ ।

बाढीपछि रेडक्रसको सक्रियतामा नुवाकोट लगायत प्रभावित जिल्लाहरुमा विभिन्न सहयोग पुर्‍याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?