काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिरामी नरहेको सचिवालयले स्पष्ट पारेको छ ।
गृहमन्त्री गुरुङ बिरामी भइ अस्पताल भर्ना भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा खबर बाहिरिएको थियो ।
गृहमन्त्री गुरुङ बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेहरुलाई भेट्न अस्पताल पुगेका थिए । सोही विषयलाई लिएर गृहमन्त्री गुरुङ आफैँ बिरामी भएको भन्दै अफवाह फैलिएपछि सचिवालयले त्यस विषयमा स्पष्ट पारेको हो ।
‘गृहमन्त्री सुधन गुरुङज्यू अस्पताल भर्ना भएको भन्ने समाचार भ्रामक रहेको जानकारी गराउँछौं। उहाँ बाढी प्रभावित क्षेत्रबाट उद्धार भएका बिरामीहरूको पछिल्लो अवस्था बुझ्न छाउने अस्पताल जानुभएको हो,’ गृह मन्त्रीको सचिवालयले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया