भारतको सहयोगमा लक्ष्मीणिया जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माण

काठमाडौं । धनुषा जिल्लाको कुमरहारामा भारत सरकारको सहयोगमा बनेका लक्ष्मीणिया जनता माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ ।

आज एक कार्यक्रमका बीच भारतीय दूताबासका प्रतिनिधि र नेपाली स्थानीय तहका प्रतिनिधिहरुले संयुक्त रुपमा विद्यालय भवन उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा नेपालका लागि भारतीय दूताबासका सदस्य, शहरी विकास भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन ईकाई, धनुषा जनकपुरधाम स्कूल प्रबन्धन समित र स्थानीय प्रशासनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी थिए ।

१५ वटा कक्षाकोठोको यो भवन २६.२४ लाखमा बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?