कोरोनाविरुद्धको खोपको विकासमा थप सफलता

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको विकासमा थप आशा पलाएको छ ।

जर्मन कम्पनी बायोएनटेकले आफूले विकास गरेको भ्याक्सीनको तेस्रो चरणको परीक्षणको प्रभावकारिता ९० प्रतिशतसम्म रहेको सोमवार जानकारी दिएसँगै नयाँ आशा पलाएको हो ।

बायोएनटेकले फिजर नामक अमेरिकी कम्पनीसँग मिलेर उत्पादन गरेको खोपको परीक्षण ९० प्रतिशतसम्मको प्रभावकारिता देखिएको सोमबार जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भ्याक्सीनको परीक्षण ठूलो जनसंख्यामा गरिएको थियो । कम्पनीका अनुसार खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण भएको थियो ।

सो परीक्षणमा कुनै पनि प्रकारको साइड इफेक्ट नदेखिएको पनि कम्पनीको दावी छ ।
हाल विश्वभर कोरोनाविरुद्धको दर्जनौ भ्याक्सीन बनेका छन् भने परीक्षणकै क्रममा रहेका ती सबै भ्याक्सिनमध्ये यो भ्याक्सिन प्रभावकारी देखिएको हो ।

कम्पनीका अध्यक्ष डा अल्बर्ट बोलालले विज्ञान र मानवताका लागि यो महत्वपूर्ण दिन भएको बताउँदै फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिडविरुद्धको लडाइँमा थप उत्साह पलाएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?