गलकोट । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत् थप उपचारका लागि आज बिहान काठमाडौं ल्याईएको छ ।
यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना भएका बागलुङ नगरपालिका-४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौं लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिए । उनलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो ।
संक्रमितलाई काठमडौं हयाम्स अस्प्तालमा लगिएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया