कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय २६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ७९८ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ रहेको छ । कोरोना संक्रमण मुक्त हुनेको दर नेपालमा ८१ प्रतिशत रहेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९६७ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आज १ हजार ४२८ जना संक्रमित थपिएका छन् । जसमध्ये ६३० महिला र ७९८ जना पुरुष संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार १७७ वटा पीसीआर परीक्षण भएका छन् । योसँगै अहिलेसम्म नेपालमा १५ लाख ५१ हजार २५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?