नेपालमा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । यो कुल संक्रमितको ८१.१ प्रतिशत हो ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १०८ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । त्यस्तै आज पीसीआर नेपालमा १२ हजार ३११ रहेको छ भने अहिलेसम्म नेपालमा १५ लाख ४० हजार ७७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा संस्थागत आइसोलेसनमा रहनेको संख्या ६ हजार २२२ रहेको छ भने होम आइसोलेसमा २९ हजार १९७ रहेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना संक्रमित थपिएका छन् ।

आईसीयूमा उपचाररत संक्रमितको संख्या ३९८ रहेको छ भने ८२ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १४९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?