नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८७ पुगेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १४४ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।

त्यस्तै अहिलेसम्म नेपालमा १५ लाख २७ हजार ७६६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?