काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणेबीच भेटवार्ता भएको छ ।
नेपालको तीन दिने भ्रमणमा रहेका नरावणेले प्रधानमन्त्री ओलीसँग शुक्रवार दिउँसो शिष्टाचार भेटघाट गरेका हुन् ।
भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीचको समस्या संवादका माध्ययमबाट समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।
नेपालका सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा बुधवार काठमाडौं आइपुगेका नरावणेले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महारथीको सम्मान ग्रहण गरेका थिए ।
भेटघाटका क्रममा प्रधानमन्त्री र नरावणेबीच दुवैदेशका सेनाप्रमुखलाई महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको विषयमा चर्चा भएको परराष्ट्र सल्लाहकार भट्टराईले बताए । उनले भने, “दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको वताउनु भयो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गर्नुभयो ।”
दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको वताउनु भयो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गर्नुभयो ।
— Rajan Bhattarai (@Rajanktm) November 6, 2020
यो पनि
प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरावणेबीच शिष्टाचार भेटवार्ता शुरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया