प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरावणेबीच शिष्टाचार भेटवार्ता शुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेबीच शिष्टाचार भेटवार्ता शुरु भएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा तीन दिने नेपाल भ्रमणमा आएका नरावणे र प्रधानमन्त्री ओलीबीच भेटवार्ता शुरु भएको हो ।

यसको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत् गराएका छन् ।

भारतीय सेनाध्यक्ष नरावणेले आज बिहान नेपालका हिमालहरुको दृश्यावलोकन गरेका थिए। उनी आज ५ बजे स्वदेश फर्कंदै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?