काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । बुधवार राति भएको समूह चरणको तेस्रो खेलमा पीएसजी जर्मन क्लब आरबी लाइपजिगसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

लाइपजिगको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा ९ खेलाडीमा सिमित भएको फ्रेन्च क्लब पराजित भएको हो । खेलको ६ मिनेटमा एन्जल डी मारियाको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । खेलको १६ औं मिनेटमा डी मारिया पेनाल्टीमा गोल गर्न चुके ।
खेलको ४२ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५७ औं मिनेटमा इमील फोर्सबर्गले पेनाल्टीमा गोल गर्दै लाइपजिगलाई २-१ को जित दिलाए ।
खेलको ६९ औं मिनेटमा इद्रिस्सा गानाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पीएसजी १० खेलाडीमा समेटिएको थियो । यस्तै ९० औं मिनेटमा किम्पेम्बेले रातो कार्ड पाएपछि पीएसजी ९ खेलाडीमा समेटियो ।
लाइपजिगले ३ खेलमा ६ अंक जोडेको छ । लाइपजिग समूहको दोस्रो स्थानमा रहेको छ । पीएसजीले भने ३ खेलमा ३ अंक जोडेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया