अमेरिकी राष्ट्रपतिय चुनाव : सर्वोच्च अदालतसम्म पुग्यो लडाई

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावका लागि मतगणना अहिले भईरहेको छ ।

अहिले डेमोक्रेट्स पार्टीका उम्मेद्वार जो बाइडेन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।

बाइडेनले अमेरिकी चुनावको इतिहासमै अन्य राष्ट्रपति पदका उम्मेदवारको भन्दा सबैभन्दा धेरै भोट प्राप्त गरेका छन् ।

जो एक रेकर्ड बनेको छ । अहिलेसम्म बाइडेनले ७ करोड भोट पाइसकेका छन् भने डोनाल्ड ट्रम्पले ६.८ करोड भोट पाएका छन् ।

यो भन्दा पहिला यो रेकर्ड बराक ओबामाको नाममा थियो उनले ६.९४ करोड भोट पाएका थिए । चुनावी लडाई सर्वोच्च अदालतसम्म पुगेको छ ।

डोनाल्ड ट्रम्पले केहि राज्यमा धाँदली भएको विषयलाई लिएर अदालतमा मतगणना रोक्न माग गरेका छन् ।

उनले विस्कोन्सिसमा रिकाउन्टिङको माग गरेका छन् । ट्रम्पले आफू अगाडि भएको तर अचानक भभोट बाइडेनको पक्षमा कसरी गो भन्ने विषयमाथि प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?