काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा बार्सिलोनाले जित हात पारेको छ । बुधवार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा कप्तान लियोनल मेस्सीले पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको ६५ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए । त्यसपछि खेलको ७५ औं मिनेटमा भिक्टरले एक गोल फर्काएपनि खेलमा पलर्कन भने सकेन् ।
![]()
बार्सिलोनाले ३ खेलमा ९ अंक जोडेको छ । बार्सिलोना समूहको शीर्ष स्थानमा छ । ३ खेलमा १ अंक जोडेको किभ तेस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया