बाइडेन २५३ र ट्रम्प २१४ मा रोकिए, ६ राज्यका ७१ इलेक्टोरल भोटको नतिजा बाँकी

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावमा भोट काउन्टिङ जारी छ ।

बहुमतको लागि २७० इलेक्टोरल भोटको आवश्यक पर्दछ ।

न्यूयोर्क टाइम्सका अनुसार बाइडेनले हालसम्म २५३ इलोक्टोरल भोट पाएका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोट पाएका छन् । ट्रम्प काउन्टिङ रोक्नको लागि अदालत गएका छन् ।

उनले मिशिगनमा धाँदली भएको बताएका छन् । अब ६ राज्यका ७१ इलेक्टोरल भोटको नतिजा आउन बाँकी छ ।

ट्रम्पलाई २७० भोट ल्याउन ५३ भोटको आवश्यक छ भने ४ राज्यमा काउन्टिङ जारी छ । त्यहाँमध्ये ३ मा ट्रम्पको सम्भावना रहेको ।

यदि यसमा जित निकाले उनी फेरि राष्ट्रपति बन्न सक्छन् । त्यस्तै बाइडेन पेन्सिलभेनियामा मात्रै जित निकाले पनि बहुमतसम्म पुग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?