भारतमा बुधवार आधा लाख बढी कोरोना संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा १२ लाख ३० हजार ७५३ जनाको मृत्यु भएको छ भने ४ करोड ८४ लाख १९ हजार ७२१ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड ४६ लाख ७० हजार २१६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै बुधवार विश्वमा ५ लाख ७० हजार ९३४ जनालाई संक्रमण भएको छ भने ९ हजार ६३ जनाको मृत्यु भएको छ ।

यो संख्या हालसम्मकै विश्वमा एकैदिन मृत्यु हुनेको धेरै संख्या हो । यसैबीच भारतमा कोरोना भाइरसका कारण १ लाख २४ हजार ३५४ जनाको मृत्यु भएको छ भने ८३ लाख ६३ हजार ४१२ जनालाई संक्रमण भएका छन् ।

त्यस्तै ७७ लाख १० हजार ६३० जना संक्रमण मुक्त भएका छन् भने ५ लाख २८ हजार ४२८ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा बुधवार मात्रै ५० हजार ४६५ जना संक्रमित भएका छन् भने ७०४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?