हत्या अभियुक्त २३ वर्षपछि पक्राउ

काठमाडौं । सहकर्मी हत्याको आरोप लागि फरार एक व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका –८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजीक २०५४ सालमा काभ्रेपलाञ्चोक, पनौतीका श्याम खड्कालाई हत्या गरेको आरोप लागेका ध्रुव भनिने मानकाजी श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज पक्राउ गरेको हो ।

रामेछाप घर भएका श्रेष्ठका नाममा काठमाडौं जिल्ला अदालतले विसं २०७४ मा वारेण्टसमेत जारी गरेको थियो ।

उनलाई ब्युरोबाट खटिएको टोलीले आज ललितपुर महानगरपालिका –५ थसीखेलबाट पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे जानकारी दिए ।

उनलाई आवश्यक कारवाहीका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?