सन्दीपले बिग ब्यास लिग मेलबर्न स्टार्सबाट नखेल्ने

काठमाडौं । अर्को महिना देखि शुरुहुने अष्ट्रेलियाको चर्चित बिग ब्यास लिग टि-२० प्रतियोगितामा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मेलबर्न स्टार्सबाट नखेल्ने भएका छन् ।

मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नविकरण भएको छैन । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि सन्दीपले नयाँ टोलीबाट बिग ब्यास लिग खेल्ने बताएका छन् ।

नयाँ टोलीसँगको सम्झौता भने अन्तिम चरणमा पुगेको र केहि दिनमा सार्वजनिक हुन सक्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?