काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तरगतको समूह चरणको खेलमा आज युभेन्टस र एफटिसी भिड्दै छन् । युभेन्टस र एफटिसीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

युभेन्टसको टोलीमा रोनाल्डोसँगै अल्भारो मोराटा, पाउलो डिब्याला, फेडरिको चियसा, अर्थर, वेस्टन म्याककिन्ने, डानिलो, लियोनार्दाे बोनुची, जुआन कोर्डाडो र गोलरक्षक जियानलुजी बुफोन हुनेछन् । आरोन राम्से, एड्रियन राबिओट, रोड्रिगो बेन्टानकर र डिजान कुलुसेभ्स्की पनि टोलीमा रहेका छन् ।
एफटिसीको टोलीमा इसाइल, टोकमाक चोक नुगेल, ओलेक्सान्डर जुवकव, सोमालिया, मिहा ब्लाजिक र गोलरक्षक डेनिस डिबस्ज रहेका छन् ।
युभेन्टस ३ खेलमा ३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । हंगेरियन क्लबविरुद्ध स्टार स्ट्राइकर रोनाल्डोले खेल्नेछ । कोरोना भाईरसको संक्रमणको कारण उनले यस अघिका दुई खेल गुमाएका थिए ।
यो पनि पढ्नुहोस् : कोरोना पछि रोनाल्डोको मैदानमा इन्ट्री, पहिलो खेलमै हाने दुई गोल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया