यूटाह, इहाडोमा ट्रम्पले मारे बाजी : वाशिंगटनमा बिडेनको कब्जा, कुन राज्यमा कसको वर्चश्व ?

काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा अहिले राष्ट्रपतिका लागि चुनाव भईरहेको छ । मतदान सकिएपछि अहिले धमाधम मत गणना भईरहेको छ ।

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेद्वारमा रहेको राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेद्वारमा रहेका जो बाइडेनबीच कडा प्रतिष्पर्धा भईरहेको छ ।

अहिलेसम्म ट्रम्प बाइडेन भन्दा पछि परेको देख्न सकिन्छ । ट्रम्प आज राती देशबासीका नाममा सम्बोधन ग्रिरहेका छन् ।

यसैबीच ट्रम्पले यूटाह, इहाडो, कन्सास, व्योमिङ, मिसौरी, मिसिसिपीमा जीत निकालेका छन् भने बाइडेनले वाशिंगटन, क्यालिफोर्निया, ओरिगन र एलिनोयसमा जित निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?