काठमाडौं । च्याम्पियन्स लिग अन्तरगतको खेलमा लिभरपुलले शानदार जित हात पारेको छ । मंगलवार राति भएको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा डिएगो जोटाले ह्याट्रिक गरेका थिए भने मोहमद सलाहा र साडियो मानेले समान एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए । उनले ३३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको दोस्रो मिनेटमा सलाहाले लिभरपुललाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मानेले लिभरपुलका लागि चौथो गोल गरे । ५४ औ मिनेटमा जोटाले च्याम्पियन्स लिगमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरेका थिए ।
समूहमा शीर्ष स्थानको लिभरपुलले ९ अंक जोडेको छ । डच क्लब अजाक्स ४ अंक सहित दोस्रो स्थानमा छ । एटलान्टा समेत समान अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया