च्याम्पियन्स लिग : रोड्रिगोको गोलमा रियलको पहिलो जित

काठमाडौं । च्याम्पियन्स लिग अन्तरगतको फुटबल खेलमा रियल मड्रिडले पहिलो जित हात पारेको छ । मंगलवार राति भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २५ औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३३ औँ मिनेटमा कप्तान तथा डिफेन्डर सर्जियो रामोसले रियलको अग्रता दोब्बर बनाए ।

Real Madrid vs. Inter Milan score: Rodrygo saves the day for Spanish side  in Champions League thriller - CBSSports.com

त्यसपछि लगातार दुई गोल गर्दै इन्टर खेलमा फर्कियो । लौटारो मार्टिनेज र इभान पेरिसिकले गोल गर्दै इन्टरलाई खेलमा फर्काएका थिए ।

Immediate Reaction: Real Madrid 3 - 2 Inter Milan - Managing Madrid

खेल सकिन १० मिनेट बाँकी छदाँ रोड्रिगोले रियलका लागि विजयी गोल गरे । च्याम्पियन्स लिग फुटबलमा रियलले यस सिजन पहिलो जित दर्ता गरेको हो । रियल मड्रिडले ३ खेलबाट ४ अंक जोडेको छ । समूह तालिकामा रियल मड्रिड तेस्रो स्थानमा छ । इन्टर २ अंक सहित तालिकाको पुछारमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?