काठमाडौं । भारतीय नागरिकलाई नेपाली नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेका कैलाली धनगढी उपमहानगरपालिका वडा नं १२ का वडाअध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन् ।
जोशीलाई सोमवार जिल्ला अदालत कैलालीले २५ हजार धरौटीमा रिहा गरेको हो । नागरिकता सिफारिसमा उनीसँगै पक्राउ परेका अन्य तीन जना मध्ये एक जनालाई सामान्य तारेखमा छाडिएको छ । भने दुई जनालाई जेल चलान गरिएको प्रहरीले जनाएको छ ।
भारतीय नागरिक अलियास अन्सारीको दाई बनी झुठो विवरण बनाएर नेपाली नागरिकता दिलाउन सहयोग गर्ने खुसीराम चौधरीलाई पुर्पक्षका
लागि कारागार चलान गरिएको हो । प्रहरीका अनुसार चौधरीले अदालतले मागेको ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको हो ।
वडाअध्यक्ष जोशीलाई गत कार्तिक १४ गते पक्राउ गरेको थियो ।
यो पनि
भारतीयलाई नेपाली नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया