लेस्टर सिटीको जितमा लिड्स युनाईटेड स्तब्ध

काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले शानदार जित हात पारेको छ । सोमवार राति भएको खेलमा लिड्स युनाईटेडमाथि लेस्टरले ४–१ गोल अन्तरको शानदार जित हात पारेका हो ।

Ratings - How Leeds United players fared against Leicester City | Yorkshire  Post

लेस्टरको जितमा यूरी टाइलेमेनले दुई तथा जेमी भार्डी र हार्वे बार्न्सले समान एक–एक गोल गरे । दोस्रो मिनेटमा बार्न्सको गोलमा लेस्टरले खेलमा अग्रता बनाएको थियो ।

टाइलेमेनले २१ औं मिनेटमा लेस्टरको अग्रता दोब्बर बनाए । खेलको ५० औं मिनेटमा घरेलु टोलीका स्टुअर्ट डलासले खेल २–१ को स्थितीमा ल्याएका थिए । भार्डीले ७६ औं मिनेटमा लेस्टरका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै टाइलेमेनले लेस्टरलाई ४–१ को शानदार जित दिलाए ।

जित सहित लेस्टर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरले ७ खेलबाट १५ अंक जोडेको छ । लिड्स १० अंक सहित १२ औं स्थानमा छ ।

  • एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?