औबामियाङको गोलमा आर्सनल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित हात पारेको छ । आइतवार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडको मैदानमा आर्सनललाई जित दिलाउन पिएरे इमिरिक औबामियाङले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा औबामियाङले पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् ।

जितसँगै आर्सनलले ७ खेलमा १२ अंक जोडेको छ । आर्सनल तालिकाको आठौं स्थानमा रहेको छ ।

युनाईटेड भने ६ खेलमा ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?