काठमाडौं । जितसँगै रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतवार राति भएको खेलमा सेल्टा भिगोलाई ४-१ गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।
सोसिडाडका डेभिड सिल्भाले खेलको २४ औं मिनेटमा अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै सोसिडाडको अग्रता २-० को बनाए ।
५४ औं मिनेटमा विलियन जोसेले गोल गर्दै सोसिडाडलाई ३-० को अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा सेल्टाका इयागो आसपसले पेनाल्टीमा गोल गर्दै खेल ३-१ मा फर्काए ।
फेरी खेलको ८१ औं मिनेटमा जोसेले व्यक्तिगत दोस्रो गोल गर्दै सोसिडाडलाई ४-१ को जित दिलाए । सोसिडाडले ८ खेलमा १७ अंक जोडेको छ । सेल्टा ६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया