दिल्लीको खराब प्रदर्शन : मुम्बईसँग ११० रनमै समेटियो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५१ औँ म्याचमा अहिले दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच खेल भईरहेको छ ।

मुम्बईले टस जितेर बलिङ रोजेपछि ब्याटिङ थालेको दिल्लीले खराब प्रदर्शन गरेको छ । दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन मात्र बनाउन सक्यो ।

ओपनर शिखर धवन खाता नखोली पेभेलियन फर्किए भने अर्का ओपनर पृथ्वी शा १० रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।

त्यस्तै कप्तान श्रेयस लय्यर २५, ऋषभ पन्त २१, सिम्रोन हेटमेयर ११, रविचन्द्रन अश्विन १२ रन बनाएर पेभेलियन फर्किए । त्यस्तै प्रविण दूबे नटआउट ७ र कागिसो राबाडा नटआउट १२ रनमा आउट भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?