अमेरिकामा एक हप्तामा ५ लाख नयाँ संक्रमित, फ्रान्समा महिना दिन लकडाउनको तयारी

काठमाडौं । अमेरिकामा एक हप्तामा ५ लाख कोरोना संक्रमित थपिएका छन् । बितेको एक हप्ता यता त्यहाँ ५ हजार ६०० जनाको मृत्यु भएको छ ।

न्यूज एजेन्सी रोयटर्सले यो जानकारी दिएको हो । अमेरिकामा हालसम्म २ लाख ३२ हजार ८४ जनाको मृत्यु भएको छ भने ९० लाख ३८ हजार ३० जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा दोश्रो लहरको कोरोनालाई मध्यनजर गर्दै बिहीवार रातीबाट एक महिनाको लागि लकडाउन गरिने बताइएको छ ।

आज राती राष्ट्रपति एमेनुएल म्याक्रोले राष्ट्रलाई सम्बोधन गर्नेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?