बेलायती प्रधानमन्त्रीलाई २२ सय डाक्टरको चिठी

काठमाडौं । कोरोना भाइरसले सारा विश्वमा तहल्का मच्चाएको छ । केहि देशहरु आर्थिक स्थितीसँग जुधिरहेका छन् । केहि देशमा कोरोनाको प्रकोप केहि कम भएको छ भने कुनै देशमा फेरि लकडाउन लागेको छ ।

यसैबीच बेलायतका बाल रोग विशेषज्ञले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई एक पत्र लेखेका छन् ।

उनले देशका गरीव बच्चहरुलाई फ्रीमा खाना खुवाउने व्यवस्था गर्न माग गरेका छन् ।

रोयल कलेज अफ पीडियाट्रिक्स एण्ड चाइल्ड हेल्थका २२ सय डाक्टरले ओपन लेटरमा बेलायतका धेरै स्कूलमा सोमवारदेखि बिदा भएको र जसका कारण देशका करीव ४० लाख बच्चहरुले पेटभर खाना खान नपाएको बताएका छन् । किनभने धेरैजसो बच्चा स्कूलको खानामा निर्भर थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?