काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख ७१ हजार २७४ जनाको मृत्यु भईसकेको छ भने ४ करोड ४२ लाख ३५ हजार ९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड २४ लाख ४३ हजार ५२ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७९ हजार ८८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा हालसम्म १ लाख २० हजार ५४ जनाको मृत्यु भएको छ भने ७९ लाख ८८ हजार ८५३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७२ लाख ५७ हजार १९४ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ११ हजार ६०५ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा मंगलवार मात्रै ४२ हजार ९६५ जनालाई संक्रमण भएको छ भने ५१९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया