अमेरिकामा फायरिङ : १० जनालाई गोली प्रहार, दाजु बहिनीको मृत्यु

काठमाडौं । अमेरिकाको मिसिसिपीमा शनिवार राती एक पोस्ट फ्यूनरल कार्यक्रममा १० जनामाथि गोली प्रहार भएको छ ।

पुलिसले आज यसको बारेमा जानकारी दिएको हो । ग्रीनवुड कमनवेल्थको रिपोर्टका अनुसार फायरिङमा जोनाथन पिट्स (४२) र उनकी बहिनी कटरीना पिट्स (४१)को निधन भएको छ ।

अहिलेसम्म घटनामा संलग्नलाई गिरफ्तार नगरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?