काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै चीनमा कोरोना संक्रमित हुनेहरुको कुल संख्या ८५ हजार ८१० पुगेको छ ।
हालसम्म चीनमा ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८० हजार ९११ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै ४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने २६५ जना उपचाररत छन् । चीनमा विश्वमै सबैभन्दा पहिला कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया