प्रेसिडेन्शियल डिबेट २०२० : ट्रम्प भन्छन्, ‘कोरोनाको भ्याक्सीन बनिसक्यो’, बिडेन भन्छन्, ‘ट्रम्पलाई अयोग्य घोषणा गरौँ’

काठमाडौं । कोरोना प्रकोपका बीच अमेरिकामा राष्ट्रपतिको चुनावलाई लिएर अहिले राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिद्वन्दी जो बिडेनको बीचमा प्रेसिडेन्शियल डिबेट जारी छ ।

यो भन्दा पहिला १५ अक्टोबरमा हुने भनिएको दोश्रो प्रेशिडेन्शियल डिबेट रद्ध भएको थियो । डिबेटमा ट्रम्पले अब कोरोनाविरुद्धको भ्याक्सीन आउन लागेको बताएका छन् ।

उनले आफू अस्पतालमा रहँदा आफूले समेत भ्याक्सीन प्रयोग गरेको बताए ।

डिबेटमा प्रतिद्वन्दी बिडेनले अमेरिकामा २ लाख २० हजार भन्दा धेरैको मृत्यु भईसकेको भन्दै ट्रम्पलाई अयोग्य घोषित गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?