काठमाडौं । कोरोना भाइरसको भ्याक्सीनलाई लिएर विभिन्न प्रकारका अड्कलबाजी भईरहेका छन् ।

यो वर्षको अन्तिमसम्ममा कोरोनाविरुद्धको भ्याक्सीन बजारमा आउन सक्ने बताइएको थियो ।

यसैबीच अमेरिकी महामारी रोग विशेषज्ञ डाक्टर एन्थनी फाउचीले सारा विश्वले सुरक्षित कोरोनाविरुद्धको भ्याक्सीन २०२१ को अप्रिलसम्ममा पाउन सक्ने बताएका छन् ।

एक न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा उनले वैज्ञानिकहरुले कुन भ्याक्सीन कतिको सुरक्षित छ भनेर पत्ता लगाउन र २०२१ को अप्रिलसम्ममा सुरक्षित कोरोनाविरुद्धको भ्याक्सीन बजारमा आउने उनले बताएका हुन् ।

यो वर्षको अन्तिमसम्ममा अमेरिकामा १० करोड डोज तयार हुने पनि उनले बताएका छन् ।

उनले भनेका सबै भ्याक्सीनको अहिले अन्तिम चरणको ट्रायल चलिरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया