काठमाडौं । एक नयाँ अध्ययनमा कोरोना संक्रमण ठीक भएपछि पनि संक्रमितमा महिनौँ पछिसम्म लक्षण देखिन सक्ने बताइएको छ ।
अर्थात् अस्पतालबाट डिस्चार्ज भएका आधा भन्दा धेरै कोरोना भाइरसका संक्रमित संक्रमण मुक्त भएपछि पनि उनीहरुमा श्वास फेर्न समस्या, तनाव जस्ता लक्षण देखिरहने शोधबाट पत्ता लागेको छ ।
बेलायतमा भएको शोधमा यस्तो समस्या संक्रमितमा २ वा ३ महिनासम्म हुनसक्ने बताइएको छ ।

अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकाद्वारा गरिएको शोधमा ५८ संक्रमितमाथि कोरोना भाइरसको संक्रमणको दूरगामी परिणाममा अध्ययन गरिएको थियो ।
उनीहरुमा संक्रमण मुक्त भई अस्पतालबाट घर गएको तीन महिनासम्म पनि लक्षण देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया