काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले दशैँको भत्ता नलिने भएका छन् ।
जसपाको संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले यस वर्षको दशैँमा आउने तलव तथा भत्ता नलिने भएका हुन् ।
जसपाको सोमवार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले दशैँ भत्ता नै खारेज गर्नुपर्ने माग समेत गरेको छ ।
दशैँका लागि आउने भत्ता रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय भएको जसपाका एक नेताले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया