अस्पतालबाट हामफालेर एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हामफालेर एक युवकले आत्महत्या गरेका छन् ।

सोमवार बिहान केएमसीमा उपचाररत युवकले अस्पतालको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

मृत्यु हुनेमा सोलुखुम्बुका २६ वर्षीय रोशन खड्का रहेका छन् । अस्पतालबाट हाम फालेपछि गम्भीर घाइते बनेका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको हातमा आगोले पोलेपछि आइतवार उनी अस्पताल भर्ना हुन आएका थिए । उनकी आमाले उनलाई कुरेर बस्दै आएकी थिइन् । अस्पताल स्रोतका अनुसार सोमवार बिहान आमा औषधि लिन गएका बेला उनले झ्यालबाट हामफालेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनमा मानसिक समस्या रहेको बुझिएको छ । भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?