बेलको डेब्यु खेलमा टोटेनहमको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले वेस्ट ह्याम युनाईटेडसँग बराबरी खेल खेलेको छ ।

आइतवार राति भएको खेलमा पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनहमले वेस्ट ह्यामसँग अंक बाड्नु परेको हो ।

खेलको पहिलो मिनेटमै सनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको आठौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको १६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३-० को अग्रता लिएको थियो । खेलको ८२ औं मिनेटमा वेस्ट ह्यामका फाबियनले गोल गर्दै वेस्ट ह्यामलाई ३-१ को स्थितिमा ल्याए ।

Image

खेलको ८५ औं मिनेटमा टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३-२ को अवस्थामा आयो । खेलको ९० औं मिनेटमा मानुएलले गोल गर्दै खेल ३-३ को बराबरी गर्दै खेललाई बराबरीमा ल्याए ।

Image

वेस्ट ह्यामसँगको खेलसँगै ग्यारेथ बेलले वेस्ट ह्यामका लागि डेब्यु गरेका थिए। रियल मड्रिडबाट एक सिजनका लागि लोनमा आएका बेल ७२ औं मिनेटमा स्टेभेनको स्थानमा मैदान छिरेका थिए ।

बराबरीसँगै टोटेनहमले ५ खेलमा ८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा रहेको छ । त्यस्तै, वेस्ट ह्याम ५ खेलमा ७ अंक जोड्दै आठौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?