काठमाडौं । कोरोना महामारीसँग अहिले सारा विश्व नै लडीरहेको छ ।
यसैबीच यूरोपीय देश बेल्जियममा कोरोना भ्याक्सीनको उत्पादन शुरु भएको छ ।
चर्चित औषधि कम्पनी फाइजरले सम्भावित कोरोना भ्याक्सीनको लाखौँ डोज उत्पादन बेल्जियमको आफ्नो प्लान्टमा शुरु गरेको छ ।

अमेरिकी कम्पनी फाइजरले यो वर्षको अन्तिमसम्ममा १० करोड डोज तयार गर्ने बताएको छ । हरेक संक्रमितलाई भ्याक्सीनको २ डोज दिइनेछ ।
फाइबरले जर्मनीको बायोटिकसँग मिलेर कोरोना भ्याक्सीनका लागि ४४ हजार मानिसमा ट्रायल गरिरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया