वेस्टर्न युनियनको ‘दशैँको सौगात प्रवर्द्धन’ योजनामा नगद जित्न सक्ने मौका !

काठमाडौं । बडा दशैँ, तिहार तथा छठको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा ‘दशैंको सौगात’ प्रबद्र्धन योजना ल्याएको छ ।

जसमा ग्राहकहरुले कार्तिक १ गते देखि मंसिर २७ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले रु. २५००० जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू गरिनेछ ।

यस बाहेक, प्रवर्द्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछ । यसमा १ जना भाग्यशाली विजेताले रु १० लाख नगद जित्न सक्नेछन् । लक्की ड्र को विजेता १६ डिसेम्बरमा घोषित गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?