काठमाडौं, ४ चैत – नेपाल आइडल बनेका बुद्ध लामाले नयाँ गीत बजारमा ल्याएका छन् । गीती गजल लिएर उनी दर्शकमाझ आएका हुन् ।अमेरिकामा बस्दै आएका गजलकार सुरेश वाग्लेले लेखेको गीत ‘तिमी साथ भएपछि’ मा प्रेमका भावना समेटिएको छ । प्रेमिकाको साथ पाएपछि भगवानको साथ पनि नचाहिने कुरा गीतमा प्रस्तुत गरिएको छ ।गीतमा अहिलेका चर्चित मोडल तथा अभिनेता पल शाह र आँचल शर्माले अभिनय गरेका छन् । त्यस्तै गीतमा हरि लम्सालले संगीत भरेका छन् ।साथै गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने उत्सव दाहालले छायांकन गरेका छन् । त्यस्तै भिडियोको सम्पाद निशान घिमिरेले गरेका हुन् ।https://youtu.be/L09aejfob7Y
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया