काठमाडौं । चीनमा कोरोना भाइरसको एउटा अनौठो केस देखा परेको छ ।
६४ वर्षकी वृद्ध महिलामा कोरोना संक्रमण मुक्त भएको २ महिना पछि फेरि संक्रमण देखिएको छ । उनी कोरोना संक्रमण भएर ३१ जनवरीमा अस्पतालमा भर्ना भएकी थिइन् ।
त्यसपछि उनको रिपोर्ट १८ फेब्रुअरी र २० फेब्रुअरीमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । तर त्यसको २ महिना पछि उनको आँखामा १० अप्रिलमा फेरि कोरोना संक्रमण पाइएको थियो ।
सर्जरीको बेला आँखाबाट लिइएको टिश्यू स्याम्पलको जाँचमा उनको आँखामा कोरोना भाइरसको प्रोटिन भेटिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया