पाकिस्तानी फौजमाथि एकैदिन दुई हमला : २० सैनिकको मृत्यु, ५ महिनामा ४ पटक आक्रमण

काठमाडौं । पाकिस्तानमा बिहीवार साँझ सेनाका दुई फौजमाथि आक्रमण हुँदा २० जना सैनिकको ज्यान गएको छ ।

पहिलो आक्रमण नर्थ वजीरिस्तान र दोश्रो खैबर पख्तूनख्वा क्षेत्रमा भएको हो ।

मृतक सैनिकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । किनभने धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

पाँच महिना पाकिस्तानी सेनाको फौजमाथि भएको यो चौथो हमला हो । यी आक्रमणमा कुल ५० जना भन्दा धेरै सैनिकको मृत्यु भएको ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?