बढ्यो भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ती, कति छ उनीसँग ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै मात्र आफ्नो सम्पत्तीको बारेमा बताएका छन् ।

गएको वर्षसम्म उनीसँग २.४९ करोड भारतीय रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो वर्षको ३० जूनसम्म उनको सम्पत्ती बढेर २.८५ करोड रुपैयाँ भएको हो । बैंक ब्यालेन्स र एफडीबाट उनको सम्पत्तीमा एक वर्षमा ३६ लाख रुपैयाँ बढेको हो ।

त्यस्तै भारतीय गृहमन्त्री अमीत शाहलाई शेयर बजारमा भएको उत्तारचढावले ३.६करोड नोक्शान भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनीसँग २८.६३ करोड रुपैयाँको सम्पत्ती रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?