कोरोना कहर : भारतमा बिहीवार कति थपिए कोरोना संक्रमित, कतिको मृत्यु ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख २ हजार ८४४ जनाको मृत्यु भएको छ भने ३ करोड ९१ लाख ५८ हजार १०१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ९३ लाख ७५ हजार ९३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७० हजार ८८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या ८६ लाख ७९ हजार ३२७ रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १२ हजार १४६ जनाको मृत्यु भएको छ भने ७३ लाख ६५ हजार ५०९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ६४ लाख ४८ हजार ६५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख ४ हजार ७०५ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बिहीवार ६० हजार ४३९ जना संक्रमित थपिएका छन् भने ८३५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?