बढी भाडा लिने विरुद्ध थप कडा कारबाही गर्दै ट्राफिक प्रहरी

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ ।

ट्राफिक महाशाखाले क्षमता भन्दा बढिीयात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सीहरुको अनुगमन र कारबाहीमा तिब्रता दिएको छ ।

बुधवार यात्रुको चाप बढी हुने रुटमा विष चेक प्वाइन्टहरु राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै बढी भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले चाडपर्व लक्षित विशेष योजनालाई मध्यनजर गरी सादा पोशाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही अभियान चलाएको जानकारी दिए

उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५,४५१ वटा सवारी साधनलाई सम्झाई बुझाई गरि सुधार गर्ने प्रतिबद्धता पश्चात छाडेको समेत जानकारी दिए ।

महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमता भन्दा बढि यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न समेत सबै यातायात व्यवसायी एवं यात्रु वर्गमा अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?