भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने तय भएको छ ।

कोरोनाभाइरसका कारण उनी नेपाल आउने यसअघिको पूर्वनिर्धारित कार्यक्रम रद्ध भएकोमा पुनः नयाँ मिति तय भएको हो ।

स्थलसेनाध्यक्ष नरावणे कार्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भ्रमणका अवसरमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?