लहान, ३ चैत । सिरहाको कर्जन्हा नगरपालिका–१ उतराइनीस्थित नन्दबाबा सामुदायिक वनक्षेत्रमा अतिक्रमण गरी बनाइएको ४० भन्दा बढी घर टहरा जिल्ला वन कार्यालय सिरहाको टोलीले शुक्रबार साँझ भत्काएको छ ।जिल्ला वन कार्यालयका कर्मचारी, वन रक्षकको टोलीले सामुदायिक वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएको करिब ४० भन्दा बढी घर टहरा भत्काएको हो ।सिरहाको विभिन्न सामुदायिक वनक्षेत्रमा अतिक्रमण बढेको भन्दै वन कार्यालयले अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन थालेको छ । कमला नदीसँगै टाँसिएको उक्त सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी धमाधम घर टहरा निर्माण हुन थालेकाले निर्माण गरिएको संरचना भत्काइएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिए ।अतिक्रमण गरिएको वनक्षेत्र खाली गर्न पटक-पटक आग्रह गरे पनि कुनै सुनुवाइ नगरेपछि बाध्य भएर बल प्रयोग गरी घर टहरा भत्काइएको उनको भनाइ छ । जिल्लाका अन्य सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइने योजना रहेको जिल्ला वन कार्यालय सिरहाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया