अभिनेत्री कंगना तौल घटाउने सोचमा, थालिन् यस्तो एक्सरसाइज

काठमाडौं । अहिले बलिउड अभिनेत्री कंगना रनोत जयललिताको बायोपिक थलाइवीको शूटिङमा ब्यस्त छिन् ।

उनले यो फिल्मको लागि २० किलो तौल बढाएकी थिइन् । उनले अब भने तौल घटाउन लागेको बताएका छिन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्, ‘थलाइवीको लागि २० किलो तौल बढाएकी थिएँ, अब हामीले यो शूटिङ कम्प्लिट गर्दैछौँ, त्यसैले पहिलाको साइजमा आउन आवश्यक छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?