युवतीमाथि ‘वलात्कार’ , यस्तो अवस्थामा समातिए चालक र सहचालक

सप्तरी, ३ चैत — काठमाडौं जान माइक्रोबसमा ‘लिफ्ट’ मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् ।सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाण्डौ चल्ने वा५प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी युवती बलात्कृत भएकी हुन् । ती युवतीलाई बसकै चालक र सहचालकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।१७ वर्षीया युवतीले पूर्व जानका लागि सप्तरी सदरमुकाम राजविराजमा लिप्ट मागेकी थिइन् । बस स्टाफले माइक्रोमा हालेर नेपाल–भारत सीमा क्षेत्र नजिक छिन्नमस्ताको सखडा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।सिरहाको भगवानपुर–९ घर भएका चालक वैद्यनाथ दास र बाँकेको राप्तीसोनारी–५ का खेमराज बैसे पक्राउ परेका छन् । मध्यराति १२ बजेको समयमा सीमा क्षेत्रबाट नियमित गस्ती गरेर फर्किरहेको प्रहरी टोलीले शंका लागेर माइक्रो जाँच गर्दा युवतीलाई बलात्कार गरिरहेकै अवस्थामा ती दुईलाई समातेको थियो ।जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार दुवैजनाविरुद्ध जबर्जस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको छ । पीडित युवतीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको छ । युवतीलाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीको सेफ हाउसमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?